यातायात विभागले सार्वजनिक गर्यो छापिएका ८३६ सवारी लाइसेन्स
आइतबार, १५ चैत २०८२, १३ : ५४
सारांश
- यातायात व्यवस्था विभागले ८३६ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ।
- विभागले लाइसेन्स लिन आउँदा राजस्व तिरेको रसिद र पुरानो चालक अनुमति पत्र ल्याउन आग्रह गरेको छ।
- जेनजी आन्दोलनका कारण मेसिनमा क्षति पुगेपछि सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्दै आएको छ।
काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका ८३६ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो ।
साथै,विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा राजस्व तिरेको रसिद लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ । विभागले भनेको छ, ‘कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमति पत्र समेत लिइ आउनुहोला ।’
जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा सवारी लाइसेन्स छपाई मेसिनमा क्षति पुगेपछि सुरक्षण मुद्रण केन्द्रले सवारी लाइसेन्स छाप्दै आएको छ ।
तुरुन्तै लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि केन्द्रबाट छपाइ गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण