इजरायलले भन्यो– ‘बहुमुखी युद्ध’का लागि तयार छौँ
तेल अभिभ । आफू बहुमुखी युद्धका लागि तयार रहेको इजरायली सैन्य बलले भनेको छ ।
यमनी सशस्त्र समूहको क्षेप्यास्त्र आक्रमणपछि सेनाले यो जवाफ दिएको हो । शनिबार हुथीहरूले इजरायलको दक्षिणतर्फ दुई वटा क्षेप्यास्त्र फ्याँकेका थिए, यसमध्ये एउटा ब्यालिस्टिक मिसाइल थियो । फेब्रुरुअरी २८ बाट सुरु भएको अमेरिका–इजरायल र इरान युद्धमा इजरायलमाथि पहिलो क्षेप्यास्त्र प्रहार गर्ने यो पहिलो प्रयास हो । दुवै क्षेप्यास्त्र सफलतापूर्वक रोकिएको बताइएको छ ।
‘हामी बहुमुखी युद्धका लागि तयार छौँ । पछिल्ला साढे दुई वर्षदेखि हामी विभिन्न मोर्चाबाट आउने खतरासँग बहुमुखी युद्ध गर्दै आएका छौँ ।’ इजरायली रक्षा बल (आईडीएफ)का अन्तर्राष्ट्रिय प्रवक्ता नादभ शोशानीले आइतबार भने । उनले थपे, ‘हामीले यो युद्धको हिस्सा बन्नका लागि तयार हुनै पर्छ,’ उनले भने । आफूहरूले हुथीहरूको चेतावनीलाई गम्भीरतापूर्वक लिइरहेका अनि आवश्यक परे जतिसम्म पनि यस मोर्चाबाट आफूलाई रक्षा गर्न तयारी गरिरहेका शोशानीले भने ।
इरानसँग हुथीहरूको निकट सम्बन्ध छ । यसका नेता अब्देल–मलिक अल–हुथीले बिहीबार भनेका थिए, 'हाम्रा यमनी जनता निष्ठालाई निष्ठाले फर्काउँछन् र इरान एकमात्र राज्य हो, जो औपचारिक रूपमा हाम्रो देशमाथि आक्रमणको विरोधमा हामीसँग उभियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण