पश्चिम एसियामा युद्ध विस्तार भएसँगै इन्धनको मूल्यमा उच्च वृद्धि
सारांश
- इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि आक्रमण गरेपछि पश्चिम एसियामा तनाव बढेको छ।
- कच्चा तेलको मूल्य वृद्धि भयो, ब्रेन्ट क्रुड प्रति ब्यारेल ११५.७३ डलर र वेस्ट टेक्सस १०२.७७ डलर पुग्यो।
- इजरायल र इरानमा आक्रमण, पत्रकार र शैक्षिक संस्थाहरू प्रभावित भए, र अमेरिकी सैन्य शिविरमा क्षति पुग्यो।
काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि पहिलो पटक आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव थप भयावह बनेको छ । यो द्वन्द्व विस्तार भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो वृद्धि देखिएको छ ।
ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल २.८१ प्रतिशतले बढेर ११५.७३ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ३.१४ प्रतिशतले वृद्धि भई १०२.७७ डलर कायम भएको छ ।
इजरायली रक्षा बलले इरानको राजधानी तेहरानका विभिन्न स्थानमा शक्तिशाली विस्फोट गराएको छ । इरानको ऊर्जा मन्त्रालयले विद्युतीय पूर्वाधारमा भएको आक्रमणका कारण तेहरान र अल्बोर्ज प्रान्तका केही भागमा बिजुली काटिएको तर अहिले धेरैजसो ठाउँमा पुनः आपूर्ति सुचारु भएको जनाएको छ । यता इजरायलको औद्योगिक क्षेत्र नियोत होभभमा पनि मिसाइलको छर्राका कारण भीषण आगलागी भएको छ ।
युद्धको चपेटामा सञ्चारकर्मी र शैक्षिक संस्था पनि परेका छन् । इजरायली हवाई आक्रमणमा मारिएका तीन लेबनानी पत्रकारको अन्त्येष्टिमा सयौँ मानिस सहभागी भएका छन् भने लेबनानमा रहेको अमेरिकी विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन सुरु गरेको छ ।
खाडी क्षेत्रका कुवेत र साउदी अरबमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा समेत क्षति पुगेको खबर आएका छन् । यद्यपि पाकिस्तानका विदेशमन्त्रीले भने इरान र अमेरिकाबिच शान्ति वार्ताका लागि अझै पनि विश्वास कायमै रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण