खार्ग टापु कब्जा भएपनि हर्मुज इरानकै नियन्त्रणमा
सारांश
- एसियामा सेयर बजारमा गिरावट आएको छ, ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११६ डलर पुग्यो।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको तेल लिन सक्ने अभिव्यक्ति दिएपछि लगानीकर्ता आत्तिएका हुन्।
- खार्ग टापु कब्जा गर्न अमेरिका सक्षम भए पनि, स्ट्रेट अफ हर्मुजमा इरानकै नियन्त्रण रहनेछ।
वासिङ्टन डीसी । सोमबार एसियामा सेयर बजारमा पहिरो गएको छ । विश्व बजारमा ब्रेन्ट क्रुडको भाउ बढेर बिहानी कारोबार प्रतिब्यारेल ११६ डलर पुगेपछि लगानीकर्ताहरू आत्तिएका छन्, जसले बजारमा त्रास देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल लिन चाहेको अभिव्यक्ति दिएपछि बजार ओरालो लागेको हो । अमेरिकाले जनवरीमा भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्यूत गरेर त्यहाँको तेल नियन्त्रणमा लिएको थियो । इरानमा पनि त्यस्तै गर्न सक्ने सङ्केत ट्रम्पले दिएका छन् ।
फाइनान्सियल टाइम्ससँगको कुराकानीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले पर्सियन गल्फमा रहेको इरानको सबैभन्दा महत्त्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्न सक्ने बताएका थिए । इरानबाट निर्यात हुने झन्डै ९० प्रतिशत तेल यहीँबाट जान्छ । यही कारणले यो टापु रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ ।
विश्लेषकहरूका अनुसार अमेरिकाले यो टापु कब्जा गर्न सैद्धान्तिक रूपमा सक्षम भए पनि सैन्य अभियानमार्फत भने सजिलो देखिँदैन । यस्तो कारबाहीका लागि ठुलो सङ्ख्यामा सैनिक, दीर्घकालीन उपस्थिति र उच्च सुरक्षा व्यवस्थापन आवश्यक पर्नेछ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा खार्ग टापु नियन्त्रणमा लिए पनि स्ट्रेट अफ हर्मुजमा नियन्त्रण भने इरानकै रहनेछ ।
यो स्ट्रेट विश्वको ऊर्जा आपूर्तिको मुख्य मार्ग हो । यहाँबाट विश्व बजारमा कूल २० प्रतिशत तेल ओसारपसार हुन्छ । अमेरिकी नियन्त्रणमा रहेको टापुबाट निस्किने तेल ट्याङ्करहरू पनि इरानी आक्रमणको जोखिमबाट सुरक्षित हुने छैनन् । अहिले जस्तै ती जहाजहरू अझै पनि मिसाइल, ड्रोन वा अन्य आक्रमणको खतरा सामना गर्न बाध्य हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण