बारम्बार टाउको दुख्छ ?
सारांश
- अत्यधिक काम वा तनावका कारण टाउको दुख्नु सामान्य हो तर बारम्बार टाउको दुख्नु कमजोर पाचन प्रणालीको संकेत हुन सक्छ।
- आयुर्वेदका अनुसार टाउको दुखाइ र पाचन प्रणालीबीच सम्बन्ध छ, जसले शरीरमा गडबडी भएको संकेत गर्दछ।
- टाउको दुखाइ कम गर्न नस्य क्रिया, धनियाँ र चिनीको मिश्रण, र सुठोको पेस्ट प्रयोग गर्न सकिन्छ।
काठमाडौँ । अत्यधिक काम वा तनावका कारण टाउको दुख्नु सामान्य हो । तर तपाईंलाई बारम्बार टाउको दुख्ने वा भारीपन अनुभव हुन्छ भने यो कमजोर पाचन प्रणालीको कारणले हुन सक्छ । जब जब टाउको दुख्छ, हामी तुरुन्तै दुखाइ कम गर्ने औषधि खाइ हाल्छौँ । तर यो समाधान अस्थायी मात्रै हो । टाउको दुख्नुको वास्तविक कारण खराब पाचन प्रणाली हो, मस्तिष्कसँग सम्बन्धित समस्या होइन ।
बारम्बार टाउको दुख्ने समस्यालाई आयुर्वेदमा गम्भीर मानिन्छ । आयुर्वेदका अनुसार टाउको र पाचन प्रणाली एकअर्कासँग नजिकबाट जोडिएको हुन्छ । यसलाई हाम्रो शरीरमा केही गडबडी भएको छ है भनेर संकेत गर्ने उत्तम अंग पनि मानिन्छ । त्यसैले, बारम्बार टाउको दुख्ने समस्यालाई कहिल्यै बेवास्ता गर्नु हुन्न । पाचन प्रणाली बिग्रँदा वात, पित्त र कफ असन्तुलित हुन्छ भन्ने विश्वास आयुर्वेदले गर्छ । यसले उल्टै मस्तिष्कको स्नायुलाई असर गर्छ । कहिलेकाहीँ यो ग्यासमा परिणत हुन्छ, पेट र छातीमा जलन हुन्छ । कहिलेकाहीँ यो कब्जियतमा परिणत हुन्छ अनि टाउको र शरीर दुवै भारी महसुस हुन्छ ।
- कसरी गर्ने रोकथाम ?
पहिलो तरिका
त्यसो भए यसबाट बच्न के गर्ने ? यसका लागि आयुर्वेदले नस्य क्रिया गर्ने सल्लाह दिन्छ । यसमा नाकमा तेलको केही थोपा हाल्नु पर्छ, जसले मस्तिष्कमा दबाब कम गर्छ र शरीरमा असंतुलित पित्त कम गर्छ ।
दोस्रो तरिका
दोस्रो तरिका धनियाँ र चिनीको मिश्रण हो । धनियाँ र चिनीको मिश्रणलाई रातभर भिजाउनुस् अनि बिहान उठ्ने बित्तिकै छानेर पिउनुस् । यो पानीले कब्जियत हटाउन मद्दत गर्दछ । पेट राम्ररी सफा हुँदैन भने धनियाँ र चिनीको मिश्रणले कब्जियत हटाउन र पेट सफा गर्न मद्दत गर्दछ ।
तेस्रो तरिका
तेस्रो र सबैभन्दा प्रभावकारी तरिका भनेको सुठो (सुकाइएको अदुवा)को पेस्ट हो । तपाईं बारम्बार टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ र औषधि खाँदा खाँदा दिक्क भइसक्नु भएको छ भने आफ्नो निधारमा सुठोको पेस्ट लगाउनाले राहत मिल्छ । अदुवाको धुलोलाई पानीमा मिसाएर आफ्नो निधारमा लगाउनुस् ।
(अस्वीकरणः सल्लाह सहितको यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतबाट तयार पारिएको हो । कुनै पनि हिसाबले यो योग्य चिकित्सा रायको विकल्प होइन ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण