१० महिनायताकै उच्च बिन्दुमा उक्लियो अमेरिकी डलर
सारांश
- अमेरिकी डलरको भाउ १० महिनायताकै उच्च बिन्दु नजिक पुगेको छ, इरान र अमेरिकाबीचको द्वन्द्व वार्ताको आशा कम हुँदा डलर बलियो भएको हो।
- जापानी येनको तुलनामा अमेरिकी डलर १६० येन आसपास पुग्यो, जुन २०२४ को जुलाईयताकै उच्च हो, र युरोपेली केन्द्रीय बैंकको ब्याजदर वृद्धिका कारण युरोलाई केही टेवा मिलेको छ।
- इरान युद्धका कारण तेलको भाउ बढेपछि डलरले लगानीकर्ताको रोजाइ पाएको छ, र डलरको सूचक १००.१९ अंकमा पुगेको छ, जसले गर्दा डलरको मूल्यमा वृद्धि भएको देखिन्छ।
वासिङटन डिसी । मुद्रा बजारमा अमेरिकी डलरको भाउ १० महिनायताकै उच्च बिन्दु नजिक उक्लिएको छ । इरान र अमेरिकाले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्ने सम्भावित वार्ताबारे धूमिल आशा व्यक्त गरेसँगै सोमबार डलरको भाउ उकालो लागेको हो । पश्चिम एसियामा थप अमेरिकी सेना आइपुगेको समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको नयाँ शासन ‘बढी नै तर्कसंगत’ भएको अभिव्यक्ति दिएका थिए ।
सोमबार जापानी येनको तुलनामा अमेरिकी डलर १६० येन आसपास उक्लिएको छ । यो भनेको २०२४ को जुलाईमा केन्द्रीय बैंकले स्थानीय मुद्रा बजारमा हस्तक्षेप गरेताकै उच्च हो । यूरोपेली केन्द्रीय बैंक ‘ईसीबी’ले गरेको ब्याजदर वृद्धिका कारण यूरोले चाहिँ सोमबार केही टेवा पाएको देखिएको छ । इरानमा जारी युद्धले स्ट्रेेट अफ हर्मुज भएर हुने ढुवानी ठप्प प्रायः भएपछि यो महीना शेयर बजार त्रस्त छ । ब्रेन्टको भाउ कीर्तिमानी मासिक वृद्धिको बाटोमा छ ।
इरान युद्ध सुरु भएपछि मार्चको सुरु यता नै डलरले लगानीका लागि सुरक्षित मानिने सम्पत्ति (सेफ हेभन एसेट)को हैसियतबाट लाभ पाइरहेको छ । तेलको उच्च मूल्यका कारण जापान र यूरोजोन प्रभावित छन् । तर खुद तेल आयातकर्ता नभएकोले अमेरिका यस क्षतिबाट जोगिएको छ ।
सोमबार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा अमेरिकी डलरको मूल्य मापन गर्ने डलर सूचक १०० दशमलव १९ अंकमा रहेको छ । मार्चको मध्यमा यो २०२५ को मेयताकै उच्च बिन्दुमा उक्लिएको थियो । यस महीना डलर गएको जुलाई यताकै सबैभन्दा ठूलो मासिक वृद्धिको बाटोमा छ । डलरमा मनोबल ‘म्याक्स बुलिश’ रहेको बेलायती बहुराष्ट्रिय बैंक बार्कलेजले भनेको छ ।
यूरोको भाउ भने १ डलर १५ सेन्ट आसपास छ । यो भनेको मार्चमा डलरको तुलनामा यूरोको भाउ साढे २ प्रतिशतको कमी आउने बाटोमा छ । हालैका दिनमा तेलको भाउ माथितिर बढ्न थालेपछि समग्रमा डलर बलियो बन्दा यूरो/डलरको विवनिमय दरमा तीव्र कमी आएको कमर्जबैंकमा फरेक्स र कमोडिटी रिसर्चका प्रमुख थु लान न्ग्युयेन भन्छिन् । यो परिदृश्य कायम रहँदासम्म डलर यूरो विनिमय दरमा कमी आउने सम्भावना सीमित रहेको उनले बताइन् ।
सोमबार जापानी येनको तुलनामा डलर शून्य दशमलव ४ प्रतिशतले बलियो हुँदै १५९ दशमलव ६५ येनमा पुगेको छ । एसियाली बजारमा यो दर १६० दशमलव ४७ सम्म पुगेको थियो । यो दर २०२४ को जुलाईयताकै कमजोर हो । तेलको भाउ बढ्ने चिन्तामा मार्चमा डलरको तुलनामा येनको भाउ २ प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण