सरकार कठपुतली र फासीवादी भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक शक्तिको 'कठपुतली' र 'फासीवादी' भएको आरोप लगाएको छ ।
पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी गरिएको प्रेस वक्तव्यमा यस्तो आरोप लगाइएको हो ।
वक्तव्यमा विदेशीको सहयोगमा 'जेनजी विद्रोह गराई नेपालमा कठपुतली सरकार लादिएको दाबी गरिएको छ । पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको निर्वाचनलाई नाटकको संज्ञा दिँदै उक्त निर्वाचन आफूहरूले बहिष्कार गरेको समेत स्पष्ट पारेको छ ।
प्रेस–वक्तव्यमापर्याप्त कानुनी प्रक्रिया नपुऱ्याई फासीवादी शैलीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको समेत जिकिर गरिएको छ । सरकारको यो कदमलाई पार्टीले 'ट्रम्प शैलीको नेपाली संस्करण'को रूपमा व्याख्या गरेको छ ।
साथै, वक्तव्यमा जनवर्गीय संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण