सुदूरपश्चिमका मुख्यमन्त्रीको ह्वाट्सएप अकाउन्ट ह्याक
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ।
मुख्यमन्त्रीको पहिचान प्रयोग गर्दै ह्याकरहरूले विभिन्न व्यक्तिहरूसँग रकम माग गरिरहेको फेला परेको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले एक प्रेस नोट जारी गर्दै मुख्यमन्त्रीको ह्वाट्सएपमा अनधिकृत पहुँच पुर्याइएको पुष्टि गरेका छन्। खनालका अनुसार ह्याकरले मुख्यमन्त्रीको सम्पर्कमा रहेका व्यक्तिहरूलाई मेसेज पठाउँदै आर्थिक सहयोगको माग गरिरहेका छन्।
'मुख्यमन्त्रीज्यूको ह्वाट्सएप ह्याक गरी रकम माग भइरहेको बुझिएको छ। कसैले पनि यस्तो मेसेजका भरमा रकम नपठाउनुहुन विनम्र अनुरोध गर्दछौँ,' खनालले भने। यस घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकिएको समेत सचिवालयले जनाएको छ।
पछिल्लो समय उच्च पदस्थ व्यक्ति र सर्वसाधारणको समेत सामाजिक सञ्जाल ह्याक गरी ठगी गर्ने गिरोह सक्रिय रहेकाले डिजिटल सुरक्षामा सजग रहन साइबर विज्ञहरूले सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण