घले हार्भेस्टिङले चुम्यो कालिका कपको उपाधि
सारांश
- घले हार्भेस्टिङ अस्ट्रेलियाले कालिका कप २०८२ को उपाधि जित्यो, सिद्धार्थ चस्मा घरलाई हराउँदै।
- महिला भलिबलमा इलाइट एकेडेमीले शान्ता माविलाई पराजित गर्दै उपाधि जित्यो।
- प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पहल गहतराज घोषित भए, अन्य उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरियो।
बागलुङ । कालिका कप २०८२ को उपाधि घले हार्भेस्टिङ अस्ट्रेलियाले जितेको छ । चैत्राष्टमी मेला २०८२ को सन्दर्भमा आयोजना गरिएको खुला पुरुष भलिबलको उपाधि भिडन्तमा सिद्धार्थ चस्मा घर बागलुङलाई पराजित गर्दै घले हार्भेस्टिङले उपाधि चुमेको हो ।
नेपाल पुसिल क्लब र कोसी प्रदेश भलिबल टिमका खेलाडी सम्मिलित घले हार्भेस्टिङले गण्डकी प्रदेश भलिबल टिम समावेश सिद्धार्थ चस्मा घरलाई ३–२ को रोचक प्रतिस्पर्धामा हराएको हो । घले हार्भेस्टिङलाई उपाधि दिलाउनका लागि पहल गहतराजले नायकको भूमिका खेले । नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएका गहतराजलाई रोक्न नसक्दा सिद्धार्थ चस्मा घर उपविजेतामा सीमित हुन पुग्यो ।
रेशम छन्त्यालको कप्तानीमा मैदानमा उत्रिएको टोलीलाई उपाधि विजेता बनाउन कोशी प्रदेश भलिबल टिमका विष्ण्ुा बस्नेत, नेपाल पुलिस क्लबका चिरण खड्का रबिन नगरकोटी, बलराम गुरुङ, रेशम विक लगायतले सम्झन लायक प्रदर्शन गरे । उपविजेता बनेको सिद्धार्थ चस्मा घरबाट बागलुङ गलकोट जन्मघर भइ गण्डकी प्रदेश भलिबल टिमका ओपन स्पाइकर सन्तोष विकले शानदार खेल प्रदर्शन गरे पनि टिमलाई उपाधि दिलाउन सकेनन् ।
गण्डकी प्रदेश भलिबल टिमका क्याप्टेन रहेका सञ्जुविक्रम शाह, क्वीक स्पाइकर हिमाल सुनारी, विश्वास अधिकारी, जीवन सुनार, लिबेरो राजन दर्लामी लगायत खेलाडीको प्रदर्शन उत्कृष्ट रहे पनि उपाधिका जितका लागि पर्याप्त हुन सकेन । घले हार्भेस्टिङले पहिलो सेट २६—२४ ले जित्दा त्यसपछि दोस्रो तेस्रो सेट भने लगातार गुमाउन पुग्यो । पहिलो सेट गुमाएको सिद्धार्थ दोस्रो सेटमा कमब्याक गर्यो । सिद्धार्थ चस्मा घरबागलुङले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५—१९ ले जित्न सफल भयो ।
तीन सेटको खले सकिदा २—१ ले पछि परेको घले हार्भेस्टिङ पुनः चौथो सेटमा कमव्याक गर्दै २५—१६ ले जित हासिल गर्यो । चौथो सेट जितेर खेलमा फर्किएको घले हार्भेस्टिङ अष्ट्रेलियाले निर्णायक पाँच सेटमा पनि लयलाई काम राख्दै १५—८ ले सेट जित्दै कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता २०८२ को उपाधि उचाल्न सफल भयो ।
फाइनल खेल जितेको घले हार्भेस्टिङ अस्ट्रेलियाले कालिका कपको उपाधिसँगै नगद ३ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेतामै चित्त बुझाउन बाध्य सिद्धार्थ चस्मा घर बागलुङले नगद एक लाख ५० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुष भलिबलतर्फ आदित्य होल्डिङ तित्याङ तृतीय भएको छ । तित्याङले जिके युनाइटेड केआइसी गांडाकोटलाई सोझो सेटमा पराजित गर्दै तृतीय भएको हो । सशस्त्र प्रहरी बलको एपिएफ क्लबाट व्यावसायिक भलिबल खेल्दै आएका सुरेन्द्र केसी र सरोज वर्देवाकोको उपस्थिति रहेको आदित्य होल्डिङले जिके युनाईटेड केआईइसीलाई २६–२४, २५–२२ र २५—२० ले जितेको हो । गलकोटे युवाहरू लब्सन सिञ्जाली, अफसोच शाही लगायत सम्मिलित जिकेले चौथो स्थानमा चित्त बुझायो ।
तृतीय भएको आदित्य होल्डिङ तित्याङले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । घले हार्भेस्टिङ अस्ट्रेलियालाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ओपन स्पाइकर पहल गहतराज प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
उनले नगद ५ हजार र ट्रफी पाए । प्रतियोगितमा उत्कृष्ट स्पाइकर सिद्धार्थ चस्मा घरका सन्तोष विक, उत्कृष्ट सेटर घले हार्भेस्टिङका बलराम गुरुङ, उत्कृष्ट लिबेरो सिद्धार्थ चस्मा घरका राजन दर्लामी, उत्कृष्ट सर्भर घले हार्भेस्टिङका विष्णु बस्नेत, राइजिङ प्लेयर घले हार्भेस्टिङका रेशम विक, ब्लकर सिद्धार्थ चस्मा घरका हिमाल सुनारी, उत्कृष्ट कोष घले हार्भेस्टिङका मुकेश सेन्चुरी घोषित भए । उनीहरू सबैलाई ट्रफिले सम्मान गरिएको छ ।
महिला भलिबलको उपाधि इलाइट एकेडेमीलाई
ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा अयोजित कालिका कप खुला महिला भलिबलको उपाधि इलाइट भलिबल एकेडेमी पोखराले हात पारेको छ । उपाधि भिडन्तमा शान्ता माविलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै इलाइटले उपाधि उचालेको हो । इलाइटलाई उपाधि जिताउनका लागि जेनिसा विश्वकर्मा र रिक्जना बोटेले नायकको भूमिका खेले ।
जेनिसाको स्पाइक र रिक्जनाको प्लेसिङले टिमलाई जित दिलाउन सफल भयो । हरेक सेटमा पछि परेको अवस्थाबाट अगाडि बढ्दै इलाइट जित निकाल्न सफल भएको हो । इलाइटले पहिलो सेट २५–२३ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ को जित्न सफल भयो । कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरेको खुला महिला भलिबलको उपाधिसँगै इलाइट भलिबलले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको शान्ता माविले नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
चैत १० गतेदेखि १४ गतेसम्म सञ्चालन गर्ने भनिएको चैत्राष्टमी मेला भलिबल खेल लम्बिएका कारण सोमबारसम्म चलेको हो । सोमबार फाइनल खेल सकिएपछि चैत्राष्टमी मेला पनि समापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण