संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
सारांश
- संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको छ।
- बैठक चैत १९ गते संघीय संसदको अधिवेशनको तयारीका लागि बोलाइएको हो।
- बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुनमन्त्रीलाई बोलाउने तयारी छ।
काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान भएपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने प्रवक्ता गिरीले जानकारी दिए ।
राष्ट्रपति पौडेलले सोमबार गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजे आह्वान गरेका छन् ।
बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुनमन्त्रीलाई बोलाउने तयारी रहेपनि टुंगो लागेको छैन ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण