लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
मङ्गलबार, १७ चैत २०८२, १२ : ०८
सारांश
- प्रहरीले देशका विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ।
- झापा, मोरङ र बाराबाट खैरो हेरोइन र नगदसहित केही व्यक्ति पक्राउ परेका छन्।
- तनहुँ, वीरगञ्ज र सुर्खेतबाट ट्रामाडोल ट्याब्लेटसहित केही व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र छ हजार ७५० नगदसहित पक्राउ गरिएको हो ।
त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट एक, वीरगञ्ज महानगरपालिका–१६ बाट दुई जना र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको हो । उनीहरुबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने एक हजार ७०० ट्रामाडोल ट्याबलेट बरामद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण