प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट
सारांश
- प्रधानमन्त्री बालेन र गभर्नर डा. पौडेलबीच भेटवार्ता भएको छ।
- भेटमा बैंकिङ क्षेत्रका समस्या, रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्रबारे छलफल भयो।
- गभर्नरले डेपुटी गभर्नर नियुक्तिको विषय उठाए पनि प्रधानमन्त्रीले खासै चासो दिएनन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए ।
‘गभर्नरज्यूले सम्माननीयज्यूसँग हिजो बिहानै प्रधानमन्त्री कार्यालयमा गएर भेट गर्नुभएको हो,’ उनले भने, ‘यो पहिलो शिष्टाचार भेट हो, के के कुरा भयो चाहिँ थाहा भएन ।’
तर, उक्त भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको राष्ट्र बैंक स्रोतले जनाएको छ । त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत बताइएको छ ।
सो क्रममा भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषयमा उठाएका थिए । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए । तर बालेनले भने यो विषयमा खासै चासो नदिएको बताइएको छ ।
नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको गत चैत २४ गतेदेखि रिक्त छ । राष्ट्र बैंकमा हाल कार्यरत १८ कार्यकारी निर्देशक मध्येबाट दुई जना उक्त पदमा नियुक्त हुन्छन् । यसका लागि ४ जनाको नाम गभर्नरले सिफारिस गर्ने र यसमध्ये दुईजना नियुक्त गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण