वैज्ञानिकले प्रयोग गर्ने पन्जाकै कारण माइक्रोप्लास्टिकको मात्रा बढी देखिएको खुलासा
सारांश
- युनिभर्सिटी अफ मिसिगनको अध्ययनले प्रयोगशालाका पन्जाका कारण माइक्रोप्लास्टिकको मात्रा बढी देखिएको खुलासा गरेको छ।
- पन्जामा प्रयोग हुने स्टिएरेट्स नामक पदार्थ प्लास्टिकसँग मिल्दोजुल्दो हुँदा परीक्षणमा समस्या देखिएको अध्ययनले जनाएको छ।
- वैज्ञानिकहरूले समस्या समाधानका लागि क्लिनरुम पन्जा प्रयोग गर्न र पुराना तथ्याङ्क पुनरावलोकन गर्न सुझाव दिएका छन्।
मिसिगन । युनिभर्सिटी अफ मिसिगनको एक अध्ययनले वैज्ञानिकहरूले प्रयोगशालामा प्रयोग गर्ने नाइट्रिल र ल्याटेक्स पन्जाका कारण वातावरणमा माइक्रोप्लास्टिकको मात्रा वास्तविकभन्दा बढी देखिएको तथ्य फेला पारेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यी पन्जाबाट निस्कने कणहरू अन्वेषणका लागि प्रयोग गरिने उपकरणहरूमा टाँसिने र परीक्षणका क्रममा ती कण दुरुस्तै प्लास्टिक जस्तै देखिने पाइएको हो।
पन्जा बनाउँदा प्रयोग गरिने 'स्टिएरेट्स' नामक साबुन जस्तै पदार्थ रासायनिक रूपमा केही प्लास्टिकसँग मिल्दोजुल्दो हुने भएकाले परीक्षणमा झुक्क्याउने गरेको अध्ययनले देखाएको छ। अध्ययनको नेतृत्व गरेकी म्याडलिन क्लाफका अनुसार हावामा हुने माइक्रोप्लास्टिकको नमुना संकलन गर्ने क्रममा अपेक्षा गरिएको भन्दा हजारौँ गुणा बढी प्लास्टिक फेला परेपछि यसको खोजी सुरु भएको थियो।
सुरुमा प्रयोगशालाको वातावरण वा प्लास्टिकका बोतलबाट प्रदूषण भएको आशंका गरिए पनि अन्ततः पन्जा नै मुख्य कारण भएको पुष्टि भयो। अनुसन्धानका क्रममा सात प्रकारका पन्जाहरूको परीक्षण गर्दा एक वर्ग मिलिमिटर क्षेत्रमा करिब २ हजार वटासम्म भ्रमपूर्ण संकेतहरू (फल्स पोजेटिभ) देखिएका थिए।
यद्यपि, यसको अर्थ वातावरणमा माइक्रोप्लास्टिकको समस्या छैन भन्ने भने होइन। अध्ययनकी वरिष्ठ लेखक एवं प्रोफेसर एन म्याकनिलले माइक्रोप्लास्टिकको मात्रा अनुमान गरिएभन्दा केही कम हुन सक्ने भए पनि वातावरणमा यसको उपस्थिति शून्य हुनुपर्नेमा जोड दिइन्।
'हामीले माइक्रोप्लास्टिकको मात्रा बढी आँकलन गरिरहेका हुन सक्छौँ, तर वास्तवमा त्यहाँ एउटा पनि कण हुनु हुँदैनथ्यो,' उनले भनिन्। वैज्ञानिकहरूले यो समस्या समाधानका लागि 'क्लिनरुम' पन्जाहरू प्रयोग गर्न सुझाव दिएका छन्, जसमा स्टिएरेट्सको लेप हुँदैन र यसले निकै कम कणहरू उत्सर्जन गर्छ।
यस अनुसन्धानले भविष्यमा गरिने वातावरणीय अध्ययनहरूलाई थप सटीक बनाउन सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ। अनुसन्धान टोलीले पुराना तथ्याङ्कहरूलाई पुनरावलोकन गरी वास्तविक माइक्रोप्लास्टिक र पन्जाबाट आएका कणहरूलाई छुट्याउने विधि समेत विकास गरेको छ।
यो अध्ययन आरएससी एनालिटिकल मेथड्स जर्नलमा प्रकाशित भएको छ र यसले विश्वभरका वैज्ञानिकहरूलाई आफ्नो प्रयोगशालाको कार्यविधिमा सुधार गर्न सचेत गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण