चीनको तेल बोकेर जाँदै थियो इरानी ड्रोन आक्रमणमा परेको कुवेती तेल ट्यांकर
सारांश
- कुवेतको तेल ट्याङ्करमा अज्ञात प्रक्षेप्य लागेपछि आगो लागेको थियो, तर चालक दल सुरक्षित रहेका छन्।
- ट्याङ्करमा साउदी र कुवेती कच्चा तेल रहेको र यसलाई इरानले हवाई आक्रमण गरेको आरोप लागेको छ।
- आक्रमणको जिम्मेवारी कसैले लिएको छैन र इरानी अधिकारीहरूले पनि यसलाई स्वीकारेका छैनन्।
कुवेत सिटी । गएराति अज्ञात प्रक्षेप्य लागेर कुवेती कम्पनीको एउटा तेल ट्याङ्करमा आगो लाग्यो । संयुक्त अरब इमिरेट्सको दुबई नजिकको केही माइल टाढाको समुद्री क्षेत्रमा भएको समयमा कुवेतको झण्डा बोकेको ट्यांकर अल–साल्मी निशानामा परेको समुद्री गुप्तचर जानकारी उपलब्ध गराउने अमेरिकी कम्पनी भ्यानगार्डले भनेको छ ।
आक्रमणपछि जहाजमा आगो लागेको थियो, तर स्थानीय दमकल अधिकारीहरूले केही घण्टामा नियन्त्रणमा ल्याए । सबै २४ चालक दलका सदस्य सुरक्षित रहेको अनि कोही पनि घाइते नभएको खबर आएको थियो । ट्याङ्करबाट तेल चुहिएको जानकारी पनि अहिलेसम्म आएको छ । सार्वजनिक रूपमा उपलब्ध ट्र्याकिङ डेटाअनुसार ट्यांकरको चीनको किङ्दाओ भएको बुझिएको छ । यो जहाजमा १३ लाख ब्यारेल साउदी क्रुड र ८ लाख ब्इारेल कुवेती क्रुड रहेको गएको महीनाको लोडिङ डेटाले देखाएको अर्को समुद्री जासुसी कम्पनी ट्याङ्कर ट्र्याकर्स डट कमले भनेको छ ।
अल–साल्मी ट्यांकर २०११ मा बनेको हो । यो कुवेत आयल ट्याङ्करको स्वामित्वमा रहेको छ । यस आक्रमणलाई कुवेत पेट्रोलियम कर्पोरेशनले यसलाई क्रूर इरानी हवाई आक्रमण भनेको छ । इरानले पनि जहाजमाथि भएको आक्रमणबारे समाचार छापेको भएपनि आक्रमणको जिम्मेवारी कसले लिएको छ भन्ने स्पष्ट छैन । न त इरानी अधिकारीहरूले अहिलेसम्म यसको स्वीकार गरेका छन् । हालसम्म क्षतिग्रस्त जहाजको कुनै तस्वीर वा भिडियो पनि सार्वजनिक भएको छैन । यस अघि इरानले भारत र चीन लगायत केही देशको लागि तेल बोकेको ट्याङ्करलाई स्ट्रेट अफ हर्मुजबाट जान दिएको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण