इरान युद्ध जारी रहँदा पश्चिम एसियामा बढ्दैछ मर्नेको संख्या
सारांश
- अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा युद्ध सुरु भएको छ।
- इरान, इजरायल र खाडी क्षेत्रमा भएका आक्रमणहरूमा हजारौंको मृत्यु भएको छ, जसमा बालबालिका पनि छन्।
- विभिन्न देशहरूमा सुरक्षाकर्मी र विदेशी कामदारसहित थप मानिसहरूको मृत्यु भएको छ।
तेहरान । अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि पश्चिम एसिया यतिबेला युद्धको चपेटामा परेको छ ।
आफूमाथि भइरहेको आक्रमणको प्रतिकारमा इरानले पनि इजरायल र खाडी क्षेत्रमा अमेरिकी सेनाको आधार शिविरमाथि आक्रमण गरिरहँदा क्षेत्रका विभिन्न देशहरूमा मर्नेको संख्या निरन्तर बढिरहेको छ ।
इरानस्थित अमेरिकी मानवअधिकार समूह एचआरएएनएको पछिल्लो प्रतिवेदनकाअनुसार हालसम्म ३ हजार ४९२ जनाको मृत्यु भइसकेको छ । तीमध्ये १ हजार ५७४ जना सर्वसाधारण रहेका छन् । मृत्यु हुनेमा कम्तीमा २३६ जना बालबालिका रहेको बताइएको छ । इजरायलमा पनि मिसाइल आक्रमणबाट १९ जनाको मृत्यु भएको मेगन डेविड एडोम एम्बुलेन्स सेवा (एमडीए)ले भनेको छ ।
इजरायली रक्षा बल (आईडीएफ)ले बताएअनुसार दक्षिण लेबनानमा भएका झडपहरूमा नौ जना इजरायली सैनिक मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा परेर १ हजार २४७ जनाको मृत्यु भइसकेको छ । मर्नेमा १२४ जना बालबालिका रहेको बताइएको छ ।
युद्धको चपेटामा परेर खाडीका अन्य विभिन्न देशहरूमा पनि कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ । तीमध्ये धेरैजसो सुरक्षा निकायका सदस्य वा विदेशी कामदार रहेका छन् । संयुक्त अरब इमिरेट्समा मात्रै ११ जनाको मृत्यु भएको छ । त्यस्तैगरी, कुवेतमा सात जनाको मृत्यु भएको छ भने ओमान, साउदी अरब र बहराइनमा पनि दुई–दुई जनाको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण