चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि
सारांश
- कम्पनीको खुद नाफा १४ प्रतिशतले बढेको छ, जसले सेयरधनीलाई फाइदा पुर्याएको छ।
- कम्पनीको कुल आम्दानी बढेको छ र विदेशी बजारबाट पनि राम्रो आम्दानी गरेको छ।
- कम्पनीले कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट कार्यक्षमता बढाएको र रोबोट मोडल सार्वजनिक गरेको छ।
काठमाडौँ । ‘मिडिया ग्रुप’ ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार शेयर धनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन (करिब ६.४ अर्ब अमेरिकी डलर) पुगेको छ ।
कम्पनीले कुल आम्दानी ४५८.५ अर्ब युआन हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । साथै, विदेशी बजारबाट आएको आम्दानी १५।९ प्रतिशतले बढेर १९५।९ अर्ब युआन पुगेको छ ।
प्रतिवेदन अनुसार, २०२५ मा कम्पनीले घरेलु एयर कन्डिसनर कम्प्रेसर, मोटर तथा वासिङ मेसिन मोटरको बिक्रीमा विश्वकै सबैभन्दा ठुलो बजार हिस्सा ओगटेको छ । साथै, केन्द्रीय एयर कन्डिसनिङ क्षेत्रमा चीनभित्र पनि पहिलो स्थानमा रहेको छ ।
कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट कम्पनीले एक करोड ५० लाख घण्टाभन्दा बढी कार्यक्षमता वृद्धि गरेको छ भने ७० करोड युआन लागत घटाएको जनाएको छ । आगामी तीन वर्षमा कम्पनीले अत्याधुनिक अनुसन्धानका लागि ६० अर्ब युआनभन्दा बढी लगानी गर्ने योजना बनाएको छ ।
यसका साथै, कम्पनीले पाँच वटा मानवजस्तै रोबोट मोडेल सार्वजनिक गरेको छ, जुन गुणस्तर परीक्षण र उपकरण निरीक्षणजस्ता कार्यमा कारखानामा प्रयोग हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण