प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठग्ने दम्पती पक्राउ
सारांश
- प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाउने भन्दै ९ लाख ठगी गर्ने दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको छ।
- पक्राउ पर्नेमा एक दम्पती रहेका छन्, जसले सर्वोच्चका न्यायाधीशसँग चिनजान रहेको भन्दै रकम असुलेका थिए।
- ठगीमा संलग्न रहेको पुष्टि भएपछि उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–मण्डिखाटार, हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।
गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल जगन्नाथदेवल (सुनधारा) कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन्।
हरि बहादुर थापा मगरले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको र सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै पीडित पक्षसँग रकम माग गरेका थिए।
सोही योजनाअनुसार उनले आफ्नी श्रीमती मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। रकम प्राप्त गरेपछि पनि काम नभएको र ठगी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण