अमेरिका–इरान युद्धमा मध्यस्थता गर्दैछ चीन ?
सारांश
- चीनले पश्चिम एसियाको युद्धमा शान्ति प्रक्रियाको मध्यस्थता गर्ने संकेत देखाएको छ।
- पाकिस्तानी विदेशमन्त्रीको बेइजिङ भ्रमणले चीनसँगको वार्तालाई महत्त्वपूर्ण बनाएको छ।
- चीन र पाकिस्तानले संयुक्त राष्ट्रसङ्घको समर्थनमा दीर्घकालीन समाधान खोज्न आह्वान गरेका छन्।
बेइजिङ । पश्चिम एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा असर पारिरहेका बेला चीनले यस द्वन्द्वमा कस्तो भूमिका खेल्ने भन्ने प्रश्न तीव्र बनेको छ । इरानसँग नजिकको कूटनीतिक सम्बन्ध राख्ने विश्व शक्ति राष्ट्र चीनले शान्ति प्रक्रियाको मध्यस्थता गर्ने संकेत देखाएको हो ।
यस सन्दर्भमा पाकिस्तानी विदेशमन्त्री इशक दारको बेइजिङ भ्रमणले थप ध्यान खिचेको छ । उनले चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेटवार्ता गरेका छन् । अमेरिका–इजरायल र इरान युद्धमा पाकिस्तानले आफूलाई सम्भावित मध्यस्थताका रूपमा प्रस्तुत गर्न खोजिरहेका बेला भएको यो भेटवार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
चीन र पाकिस्तानले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा तत्काल युद्धविराम, सकेसम्म छिटो शान्ति वार्ता सुरु गर्ने तथा संयुक्त राष्ट्रसङ्घको समर्थनमा दीर्घकालीन समाधान खोज्न आह्वान गरिएको छ । दुवै देशले सम्बन्धित पक्षहरूलाई वार्तामा आउन आग्रह गरेका छन् ।
पाँच बुँदे प्रस्तावका रूपमा सार्वजनिक गरिएको यस पहलमा समुद्री मार्गहरूको सुरक्षा, नागरिक र गैरसैन्य लक्ष्यमाथि आक्रमण रोक्नुपर्ने, साथै इरान र गल्फ क्षेत्रका देशहरूको सार्वभौमिकता र सुरक्षाको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तो धारणा व्यापक रूपमा प्रस्तुत गरिए पनि चीनले व्यवहारिक रूपमा कस्तो भूमिका खेल्छ भन्ने अझै स्पष्ट छैन । इरान र पश्चिम एसियाका अन्य देशहरूसँग सन्तुलित सम्बन्ध राख्दै आएको चीन संवेदनशील क्षेत्रको द्वन्द्वमा कति गहिराइमा संलग्न हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण