क्रिमियामा रुसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
सारांश
- क्रिमियामा रुसी सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।
- प्राविधिक समस्याका कारण विमान चट्टानमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ ।
- विमानमा चालक दलका सदस्य र यात्रु गरी जम्मा २९ जना सवार थिए र सबैको मृत्यु भएको छ।
मस्को । रुसको एउटा सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २९ जनाको मृत्यु भएको छ । रुसी रक्षा मन्त्रालयले सरकारी सञ्चारमाध्यममार्फत उक्त जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार नियमित उडानका क्रममा रहेको समयमा एन्टोनोभ एन–२६ विमानसँग सम्पर्क टुटेको थियो । यसपछि विमानको खोजी गरिएको थियो । खोज्ने क्रममा यसको अवशेष भेटियो । प्राविधिक समस्या कारण विमान चट्टानमा ठोक्किएको प्रारम्भिक विवरणले देखाएको छ ।
विमानमा ६ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार थिए । घटनामा कोही पनि जीवित नरहेको जनाइएको छ । रुसी अधिकारीहरूले विमानमा बाह्य आक्रमणको कुनै सङ्केत नभएको बताएका छन् ।
विमानमा मिसाइल, ड्रोन वा अन्य कारण दुर्घटनाको कारण नभएको पनि बताइएको छ । स्थानीय समयअनुसार मङ्गलवार साँझ करिब ६ बजे विमानसँग सम्पर्क टुटेको थियो । त्यसपछि चलाइएको खोज तथा उद्धार अभियानमार्फत दुर्घटनास्थल पत्ता लगाइएको थियो ।
सन् २०१४ मा क्रिमिया युक्रेनबाट अलग्याएपछि रुसले यसलाई आफ्नाे कब्जामा राख्दै आएको छ । यद्यपि, अन्तर्राष्ट्रिय रूपमा यसलाई अझै विवादित क्षेत्रका रूपमा हेरिन्छ । दुघर्टनाग्रस्त विमान सोभियतकालीन विमान हो । यो खास गरी सैन्य ढुवानीका लागि प्रयोग हुँदै आएको थियो ।
सन् १९६० को दशकदेखि प्रयोगमा रहेका यस्ता विमानहरू विगतमा पनि विभिन्न घातक दुर्घटनामा परेका छन् । २०२० मा खार्किभमा भएको यस्तै दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो भने त्यसपछिका वर्षहरूमा पनि यस्ता घटनाहरू दोहोरिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण