'एभ्री लाइफ ह्याज भ्यालु'को नारासहित १९औँ विश्व अटिजम सचेतना दिवस मनाइँदै
सारांश
- अटिजम केयर नेपाल सोसाइटीले १९औँ विश्व अटिजम सचेतना दिवस मनाउने भएको छ, जसमा विविध कार्यक्रमहरू हुनेछन्।
- यस वर्ष 'सेलिब्रेट डिफरेन्स, अटिजम एन्ड ह्युमानिटी' नाराका साथ अटिजमबारे सचेतना जगाइनेछ।
- कार्यक्रमहरूमा शिक्षक, अभिभावक, अटिजम भएका बालबालिका लगायत सरोकारवालाहरूको सहभागिता रहनेछ।
काठमाडौँ । अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस) ले अप्रिल २ मा १९औँ विश्व अटिजम सचेतना दिवस भव्यताका साथ मनाउने भएको छ ।
यस वर्ष 'सेलिब्रेट डिफरेन्स, अटिजम एन्ड ह्युमानिटी–एभ्री लाइफ ह्याज भ्यालु' भन्ने नाराका साथ अटिजमबारे सचेतना जगाउन, यसका चुनौतीहरूबारे समाजलाई बुझाउन र अटिजम भएका व्यक्तिहरूको क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना गरिनेछन् ।
एसीएनएसले सन् २००८ अप्रिल २ मा आफ्नो स्थापना भएदेखि नै राष्ट्रिय स्तरमा अटिजम सचेतनाका कार्यक्रमहरू गर्दै आएको छ । यस वर्ष ललित मण्डप र जावलाखेलको प्राङ्गणमा टक शो, सडक नाटक, प्रशिक्षण, तालिम, आर्ट एक्जिभिसन (आर्ट एक्जिभिसन), फ्ल्यास मब (फ्ल्यास मब) र निलो बत्ती बाल्ने कार्यक्रम लगायतका गतिविधिहरू आयोजना हुनेछन् । यी कार्यक्रमहरूमा शिक्षक, अभिभावक, अटिजम भएका बालबालिका र विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ ।
साथै, अटिजम भएका व्यक्तिहरूका दाजुभाइ तथा दिदीबहिनीका अनुभव र उनीहरूका मुद्दाहरूलाई पोडकास्टमार्फत सार्वजनिक गरिने भएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २००८ मा अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा घोषणा गरेयता विश्वभर यो दिवस मनाइँदै आएको छ । यस दिनलाई अटिजम भएका व्यक्तिहरूले सामना गर्ने चुनौती र उनीहरूका विशिष्ट सीप, कला र दक्षतालाई समाजमा चिनाउने अवसरका रूपमा लिइने गरिएको छ ।
विकसित राष्ट्रहरूमा सरकारी निकायले समेत यस दिवसलाई विशेष चासोका साथ मनाउने गरेको पाइन्छ ।
सन् २०११ को सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्याङ्कअनुसार हरेक ३९ मध्ये १ बच्चामा अटिजमको अवस्था देखिनुले यो हरेक राष्ट्रका लागि चुनौती र चिन्ताको विषय बनेको छ । यस सम्बन्धमा बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै सानै उमेरमा गरिने सही र समयसापेक्ष इन्टरभेन्सनले उनीहरूलाई भविष्यमा क्रियाशील जीवनतर्फ उन्मुख गराउन सक्नेमा जोड दिइएको छ । यसो हुन नसकेमा उनीहरू परिवार र समाजमा आश्रित हुनुपर्ने र बोझ बन्ने चुनौती पनि सोसाइटीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
एसीएनएसले अटिजमलाई मस्तिष्कको एउटा विविधताका रूपमा लिइनुपर्ने र यस फरक अवस्थालाई सही ढंगले बुझेर तालिम तथा रोजगारमा समावेश गराउनु आवश्यक रहेकोमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घले पनि अटिजम भएका व्यक्तिको विशिष्ट विविधतालाई स्वीकार्नु मानवीय धर्म भएको र हरेक जीवन मूल्यवान रहेको सन्देशलाई उजागर गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण