कर्णालीमा एसईई दिने विद्यार्थी बढे, ३८ हजार ३७९ विद्यार्थी हुँदैछन् सहभागी
सुर्खेत । कर्णालीमा यो पटक माध्यामिक शिक्षा परीक्षमा (एसईई) मा सहभागी हुने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । बिहीबारबाट सञ्चालन हुने उक्त परीक्षामा कर्णालीबाट ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका हुन् ।
अघिल्लो वर्षको तुलनामा यो संख्या धेरै हो ।
अघिल्लो पटक कर्णालीका ३७ हजार ९११ जना विद्यार्थीहरु एसईईमा सामेल भएका थिए । एसईई परीक्षा बिहीबार बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुनेछ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालका अनुसार, उक्त परीक्षामा कर्णाली प्रदेशभित्र नियमित समूहमा साधारण तर्फ ३० हजार ८५४ परीक्षार्थी सहभागी हुनेछन् ।
यस्तै प्राविधिक धारतर्फ १ हजार ४०१ गरी जम्मा ३२ हजार २५५ विद्यार्थी छन् ।
यस्तै ग्रेड वृद्धितर्फ ६ हजार १२४ गरी कुल जम्मा ३८ हजार ३७९ जना परीक्षार्थी सम्मिलित हुने हमालले बताइन् । प्रदेशमा एसईईको सम्पूर्ण तयारी भइसकेको पनि उनको भनाइ छ । परीक्षा सञ्चालनका लागि प्रदेश भित्रका १० वटा जिल्लामा १६१ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।
‘परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न कर्णाली प्रदेशका सबै जिल्लाका जिल्ला परीक्षा समन्वय समितिबाट १६१ वटै परीक्षा केन्द्रमा केन्द्राध्यक्षको नियुक्ति भई जिल्ला स्तरमा अभिमुखीकरण गरी परीक्षा सम्बन्धि सम्पूर्ण तयारी पुरा भैसकेको छ,’ उनले भनिन्, ‘परीक्षा सञ्चालनका लागि प्रदेशभरी प्रतिदिन केन्द्राध्यक्ष १६१, सहायक केन्द्राध्यक्ष २५५, निरीक्षक १९१८, परीक्षा सहायक ३८३, कार्यालय सहयोगी ७६६ जना खटिने छन् ।’
यस्तै, २ हजार ४१८ सुरक्षाकर्मीसहित ५ हजार ८९८ जना जनशक्ति परीक्षा सञ्चालनमा परिचालन भएका छन् । हमालका अनुसार, जिल्लामा परीक्षा शान्तिपूर्ण, मर्यादित, भयरहित, अनुशासित तथा स्वच्छ वातावरणमा सञ्चालन गर्नका लागि जिल्ला परीक्षा समन्वय समिति मार्फत सुरक्षा व्यवस्था लगायत अन्य आवश्यक व्यवस्था मिलाइएको छ ।
साथै परीक्षा हलमा मोबाइल, स्मार्ट घडी जस्ता ब्लुटुथ, चिप्स प्रयोग हुने विद्युतीय उपकरणहरू लैजान निषेध गरिएकोले पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण