१२ बजे १२ समाचार: कोशी प्रदेशको बजेट निर्माणमा मनपरी, १६ वर्षपछि फेरि चर्चामा गौर घटना
सारांश
- हवाई भाडा इन्धनको मूल्य बढेसँगै बढेको छ र अब ३३ सयभन्दा कममा जहाज चढ्न नपाइने भएको छ।
- कांग्रेसको अनुशासन समितिले पार्टीका ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ भने सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ।
- एसईई परीक्षा बिहीबारदेखि सुरु हुँदैछ, जसमा जापानसहित १९६६ केन्द्रबाट ५ लाख १२ हजार विद्यार्थी सहभागी हुनेछन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. हवाई जहाजको भाडा
वाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नयाँ भाडादर कायम गरेको हो ।
२. कांग्रेस विवाद
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरू नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।
३. सभामुखको निर्वाचन
प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार बस्ने पहिलो बैठकमा प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए ।
४. बिहीबारदेखि एसईई
बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले बिहीबार बिहान ८ बजेदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
५. बजेट निर्माणको नेपथ्य
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको बहुवर्षीय योजनाहरूको तथ्याङ्कले प्रदेशभरि रुग्ण आयोजनाहरूको चाङ निकै ठुलो देखाएको छ । सडक, पुल, खानेपानी, सिँचाइ, सहरी विकास र अस्पताल निर्माणलगायतका क्षेत्रमा घोषणा गरिएका अर्बौं रुपैयाँ बराबरका सयौँ बहुवर्षीय योजना अहिले अलपत्र छन् ।
६. १६ वर्षपछि फेरि चर्चामा गौर घटना
२०६३ मा भएको गौर घटना फेरि चर्चामा आएको छ । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले गौर घटनाका सम्बन्धमा छानबिन समितिले बुझाएको प्रतिवेदन र विभिन्न उजुरीमाथि कारबाही गर्ने भन्दै चर्चा हुन थालेपछि जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
७. इनिसा मृत्यु प्रकरण
सुर्खेत जिल्ला अदालतले इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना किशोरलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । मंगलबार सुर्खेत जिल्ला अदालत, बाल इजलासका न्यायाधीश दीपक ढकालले यस्तो आदेश दिएका हुन् ।
८. खतराको घण्टी
नेपालमा युरोप र अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ । यद्यपि, सार्क र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा भएको भारी वृद्धिका कारण समग्र पर्यटन आगमन भने उत्साहजनक नै देखिएको छ ।
९.बादललाई चिठ्ठा
नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् ।
१०. न्यायालय
जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकविरुद्ध हिल्टन होटल प्रकरणमा दायर भएको विद्युतीय कारोबार सम्बन्धी मुद्दा खारेज गरेको छ ।
सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
११. आईपीएल
१२. फिफा विश्वकप
सन् २०२६ को विश्वकप छनोट प्ले–अफ सकिएको छ र अब यसै गर्मीयाममा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगिताका लागि सबै ४८ टोलीको टुंगो लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण