बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

बिहीबार, १९ चैत २०८२, १० : ५९
बिहीबार, १९ चैत २०८२

सारांश

  • गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी दर्शन गरे।
  • उनले मन्दिर क्षेत्रको अवलोकन गर्दै देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरे।
  • गृहमन्त्रीले मन्दिरको सरसफाइ र तीर्थयात्रीको सुविधाबारे जानकारी लिएर सुधारका लागि निर्देशन दिए।

काठमाडौँ । गृहमन्त्री  सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार बिहान पशुपति मन्दिरमा पुगेर गुरुङले विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

गृहमन्त्री नियुक्त भएपछि गुरुङ पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आज हनुमान जयन्ती पनि हो । हनुमान जयन्ती हिन्दु धर्मावलम्बीहरूले महत्त्वपूर्ण पर्वका रूपमा मनाउँछन् । 

दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेको बताए । उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीहरूको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप