अपडेट
संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने
बिहीबार, १९ चैत २०८२, १२ : ०३
सारांश
- प्रतिनिधिसभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्बोधन नगर्ने भएका छन्।
- पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्नेछन्, सचिव गोविन्द आचार्यले जानकारी दिए।
- पहिलो दिनको बैठकमा शुभकामना आदानप्रदान हुने भएकाले पुनले सम्बोधन गर्नेछन्।
काठमाडौँ । निर्वाचनपछि प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् ।
पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्ने केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए । पहिलो दिनको बैठकमा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्ने आचार्यले बताए ।
‘पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँले जुनसुकै बेला पनि बोल्न पाउने विगतको संसदीय अभ्यास छ । आजको बैठकमा शुभकामना मात्र दिने कार्यक्रम भएकाले पार्टीको तर्फबाट वर्षमान पुनले सम्बोधन गर्नुहुन्छ’, रातोपाटीसँग उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण