पोखरामा अफलाइन पठाओ र इनड्राइभबाट यात्रु ठग्ने १० जना पक्राउ
सारांश
- पोखरामा पठाओ र इनड्राइभ मार्फत अफलाइन सेवा दिई यात्रु ठगी गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
- यात्रुसँग मनलाग्दी भाडा असुल्ने र हैरानी दिने कार्यमा संलग्न व्यक्तिहरूलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
पोखरा । पर्यटकीय राजधानी पोखरामा मोबाइल एप पठाओ र इनड्राइभ मार्फत अफलाइनबाट यात्रु ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखराका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
एपमा आबद्ध भएर वा नभई मनलाग्दी भाडा असुली गर्ने, यात्रुलाई अनावश्यक दुःख र हैरानी दिने गरेको जनगुनासो र सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा स्याङ्जाका श्याम काफ्ले, रेश्मा काफ्ले, कृष्णकुमार गहतराज र आकाश विक छन् ।
त्यस्तै, तनहुँका अब्जल मिया, कास्कीका सूर्यबहादुर नेपाली, काठमाडौँका बिक्की लामा, म्याग्दीका अनिल पाइजा र गोरखाका नबिल आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सबैलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले यात्रुहरूलाई आधिकारिक माध्यमबाट मात्र सेवा लिन र बढी भाडा माग्ने वा हैरानी दिने चालकहरूबारे तत्काल सूचना दिन भनेको छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपलाई वैधानिकता दिने गरी नियमावली जारी गरेको छ । तर, अहिलेसम्म कार्यान्वयनमा आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण