रियलमाथि बार्सिलोनाको ‘गोल वर्षा, समग्रमा १२-२ को नतिजासहित सेमिफाइनलमा
सारांश
- महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले रियल म्याड्रिडलाई ६-० गोल अन्तरले पराजित गरेको छ।
- समग्रमा १२-२ को फराकिलो नतिजासहित बार्सिलोना प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ । महिला च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत दोस्रो लेगको खेलमा बार्सिलोनाले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै रियल म्याड्रिडलाई पूर्ण रूपमा दबाबमा राखेको थियो । यस जितसँगै बार्सिलोना दुई लेगको समग्र नतिजामा १२–२ को विशाल अन्तरसहित प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।
बार्सिलोनाका लागि खेलको ८ औँ मिनेटमा एलेक्सिया पुटेलासले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । १५ औँ मिनेटमा क्यारोलिन ग्राहम ह्यान्सेनले गोल थप्दै अग्रता दोब्बर पारिन् । खेलको २७ औँ मिनेटमा इरेन पारेडेस र ३४ औँ मिनेटमा इवा पाजोरले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को सहज स्थिति बनाएको थियो।
दोस्रो हाफमा पनि बार्सिलोनाको लय कायमै रह्यो । ५५ औँ मिनेटमा क्यारोलिन ग्राहम ह्यान्सेनले व्यक्तिगत दोस्रो गोल गरिन् भने ७४ औँ मिनेटमा एस्मी ब्रुग्ट्सले गोल गर्दै टोलीको ६–० को जित सुनिश्चित गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण