सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णयप्रति चलचित्र पत्रकार सङ्घको आपत्ति
सारांश
- सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले आपत्ति प्रकट गरेको छ।
- सरकारको यो कदमले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गर्दै विज्ञापनमा सिन्डिकेट लाद्न खोजेको सङ्घको ठहर छ।
- सङ्घले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि उक्त निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेको छ।
काठमाडौँ । सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले आपत्ति प्रकट गरेको छ । सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयप्रति पूर्ण असहमति जनाएको हो ।
सङ्घका महासचिव रघुनाथ सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा सरकारको यो कदमले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर नागरिकलाई सुसूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख गरिएको छ । खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई निषेध गरेर विज्ञापनमा ‘सिन्डिकेट’ लाद्न खोजिएको र यसले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई धराशायी बनाउने सङ्घको ठहर छ ।
विज्ञापनको प्रवाहलाई सङ्कुचित बनाउँदा अन्ततः अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने र लोकतन्त्रमा यस्तो प्रवृत्ति कदापि स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणका लागि उक्त निर्णय तुरुन्त फिर्ता लिन वा सच्याउन सरकारसँग विज्ञप्ति मार्फत जोडदार माग समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण