पोखरामा फेवा महोत्सवको तयारी तीव्र
सारांश
- पोखरामा चैत २९ देखि वैशाख १ गतेसम्म २१ औँ संस्करणको फेवा नववर्ष महोत्सव आयोजना हुँदैछ।
- महोत्सवमा सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड जस्ता आकर्षण राखिएका छन्।
- आयोजकले महोत्सव अवधिभर करिब ३ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेका छन्।
पोखरा । हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म हुन लागेको २१ औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी तीव्र पारिएको हो ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यही चैत २९ गतेदेखि सुरु हुने फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । वैशाख १ गतेसम्म खहरेचोक देखि सहिद चोकको बिच सडकमा सञ्चालन हुने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई महत्त्व दिएर महोत्सव सञ्चालन हुने उनले बताए ।
महोत्सवको अवसरमा पर्यटकहरूलाई लक्षित गरी सांस्कृतिक कार्यक्रमसँगै, खाना प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, कन्सर्ट प्रमुख आकर्षकको रूपमा राखिएको छ ।
महोत्सव सफल बनाउन नेपालका विभिन्न सहरहरूमा पुगेर होटल संघ पोखराले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा ‘जाउँ है पोखरा अभियान’ बाट फेवा नववर्ष महोत्सवको निमन्त्रणा गरेको छ । महोत्सव अवधिभर करिब ३ लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएका छन् ।
होटल संघ पोखरा नेपालमा करिब ४ सय २५ वटा होटल आबद्ध छन् भने, १५ हजार बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण