म्यानमारमा पूर्वजुन्ता प्रमुख बने नयाँ राष्ट्रपति
सारांश
- म्यानमारको राष्ट्रपतिमा पूर्वजुन्ता प्रमुख मिन आङ हलायाङ् निर्वाचित भएका छन्।
- संसद्को समर्थनमा हलायाङले विपक्षी उम्मेदवार न्यो साउलाई पराजित गर्दै राष्ट्रपति पद सम्हालेका हुन्।
- सन् २०२१ को सैन्य कू पछि मुलुकमा राजनीतिक अस्थिरता र गृहयुद्धको अवस्था कायमै छ।
यङ्गुन । म्यानमारमा पूर्वजुन्ता प्रमुख मिन आङ हलायाङ् राष्ट्रपति चयन भएका छन् । । शुक्रबार युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टी र सैन्य बाहुल संसद्को समर्थनमा उनी राष्ट्रपति चयन भएका हुन् ।
हलायाङ्ल विपक्षी सेवा निवृत्त जनरल न्यो साउलाई पराजित गरेर राष्ट्रपति बनेका हुन् । संसदमा हलायाङ्को पक्षमा ४२९ मत र साउको पक्षमा १२६ मत खसेको थियो ।
६९ वर्षीय सेना प्रमुखको सत्तायात्रा सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सूकीको निर्वाचित सरकारलाई पल्टाएर उनीलाई पक्राउ गरेपछि सुरु भएको थियो । त्यसपछि देशभर व्यापक विरोध प्रदर्शन सुरु भएको थियो ।
जुन सैनिक सरकार विरुद्धको सशस्त्र प्रतिरोधमा परिणत भएको थियो । यसले देशलाई पाँच वर्ष लामो गृहयुद्ध र राजनीतिक अस्थिरताको चपेटामा ल्याएको छ । डिसेम्बर–जनवरीमा भएको चुनावको परिणामपछि मिन राष्ट्रपति पदमा आसिन भएका हुन् ।
उक्त चुनावमा सेना समर्थित पार्टीको विशाल विजय भएको थियो । पश्चिमी सरकारहरूले यसलाई लोकतन्त्रको आवरणमा सैन्य शासनलाई कायम राख्ने नक्कली चुनावको भन्दै आलोचना गरेका थिए ।
मतदानमा सेनाले नियुक्त गरेको सांसद र युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टीका सांसदहरू हलायाङ्लाई समर्थन गरेका थिए । यससँगै उनले सेना प्रमुखको रूपमा आफ्नो अधिकारलाई नागरिक राष्ट्रपति पदमा रूपान्तरण गरेका छन् ।
विश्लेषकहरूले यसलाई म्यानमारमा सत्ता केन्द्रीकरण र लोकतान्त्रिक ढाँचामा ढाकछोप गरिएको सैन्य शासनको स्पष्ट उदाहरण भएको बताएका छन् ।
पाँच वर्षअघि सुरु भएको सैनिक कू पछि मुलुकले व्यापक अस्थिरता, आर्थिक सङ्कट र हजारौँ नागरिकको विस्थापनको सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण