कम्बोडियाका ‘स्क्यामिङ्ग सेन्टर’ बाट थप तीन नेपालीको उद्धार
शुक्रबार, २० चैत २०८२, १५ : ००
सारांश
- कम्बोडियाका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रबाट थप तीन नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
- बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली सङ्घको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो।
- राजदूतावासले कम्बोडियामा रहेका अन्य पीडित नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल जारी राखेको छ।
काठमाडौँ । कम्बोडियामा सञ्चालित अवैध अनलाइन स्क्यामिङ्ग केन्द्र र क्यासिनोहरूमा काम गर्न बाध्य पारिएका थप तीन जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।
बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल फर्काइएको हो ।
राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै कम्बोडियामा बिना भिसा रहेका र अवैध काममा लगाइएका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ । यसअघि पनि कम्बोडियाबाट पटक पटक यस्तो समस्यामा परेकालाई उद्धार गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण