पाकिस्तानले ४३ प्रतिशतले बढायो पेट्रोलियम पदार्थको मूल्य
सारांश
- पाकिस्तान सरकारले पेट्रोलको मूल्य ४३ प्रतिशत र डिजेलको मूल्य ५५ प्रतिशतले बढाएको छ।
- इरान युद्धका कारण इन्धन आपूर्ति मार्ग बन्द भएपछि पाकिस्तानले मूल्यवृद्धि गरेको हो।
- अर्थमन्त्री मोहम्मद औरंगजेबले वित्तीय सीमितताका कारण राहत दिन सक्ने सरकारको क्षमता सीमित रहेको बताएका छन्।
काठमाडौँ । पाकिस्तान सरकारले पेट्रोलियम र उच्च गतिका डिजेलको मूल्यमा ठुलो वृद्धिको घोषणा गरेको छ । पेट्रोलको मूल्य ४३ प्रतिशत र हाई स्पिड डिजेलको भाउ ५५ प्रतिशतले बढाइएको छ ।
सरकारले यो कदम इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढिरहेका तेल मूल्यसँग सम्बन्धित भएको जनाएको छ । “सरकारसँग सीमित स्रोतहरू छन् र तत्कालै युद्ध अन्त्य हुने कुनै सङ्केत देखिँदैन,” देशका पेट्रोलियम मन्त्रीले भनेका छन्।
पाकिस्तान मुख्य रूपमा आयातित तेलमा निर्भर छ र ठुलो मात्रामा तेल स्टे«ेट अफ हर्मुज हुँदै ल्याउँछ । इरानले यो मार्ग ठप्प पारेको छ । हालै पाकिस्तानले केही पाकिस्तानी झन्डा बोकेका जहाजहरूलाई इरानसँग सहकार्य गर्दै सुरक्षित मार्गबाट इन्धन ल्याउने व्यवस्था मिलाउन सफल भएको बताएको थियो ।
इरान युद्ध सुरु भएयता यो दोस्रो मूल्यवृद्धि हो । पेट्रोल अहिले युद्धअघि भन्दा ७७ प्रतिशत र डिजेल ८७ प्रतिशत महँगो भएको छ । सरकारले केही उपभोक्ताका लागि अनुदान योजना पनि घोषणा गरेको छ ।
अर्थमन्त्री मोहम्मद औरंगजेबले वित्तीय सीमितताका कारण राहत दिन सक्ने सरकारको क्षमता सीमित रहेको बताए । राहत निश्चित हदसम्म मात्रै दिन सकिने अनि अनि उपायहरू हप्तैपिच्छे समीक्षा गरी आवश्यक समायोजन गरिने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण