तक्षशिला : प्राचीन दर्शन र आधुनिक शिक्षाको संगम
सारांश
- तक्षशिला एकेडेमीले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीको मस्तिष्कलाई तिखारेर दक्ष र सफल मानव बनाउने कार्य गर्दै आएको छ।
- सन् १९९८ मा स्थापित यस एकेडेमीले शैक्षिक उत्कृष्टताका साथै खेलकुद र कलाको क्षेत्रमा समेत सफल जनशक्ति उत्पादन गरिरहेको छ।
- अत्याधुनिक शिक्षा प्रणाली र प्राचीन गौरवमय विद्या परम्पराको संयोजन गर्दै एकेडेमीले विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको छ।
काठमाडौँ । तक्षशिला संस्कृत शब्द हो— ‘तक्ष’को अर्थ काट्नु, खुर्किनु वा तिखार्नु हो भने ‘शिला’को अर्थ ढुङ्गा हो । जसरी एक कुशल मूर्तिकारले एउटा खस्रो र आकारविहीन ढुङ्गालाई निरन्तर मिहिनेतले सुन्दर मूर्तिमा रूपान्तरण गर्छ, त्यसैगरी आफूहरुले विद्यार्थीहरूको मस्तिष्कलाई तिखारेर पूर्ण सफल मानव बनाउने काम गर्ने यस एकेडेमीको दाबी छ ।
सन् १९९८ मा स्थापित तक्षशिला एकेडेमीले झण्डै तीन दशक लामो इतिहास बोकेको छ । प्रसिद्ध शिक्षासेवी तथा कूटनीतिज्ञ प्रा. डा. जयराज आचार्यको नेतृत्वबाट सुरु भएको सो एकेडेमीलाई अहिले सुरेशराज शर्मा र केदारभक्त माथेमा जस्ता प्रसिद्ध शिक्षाविद्हरूको सद्भाव रहेको छ। हालसम्म पनि प्रा. डा. जयराज आचार्यकै अभिभावकत्व र वरिष्ठ शिक्षाविद् एवं कुशल व्यवस्थापक नेत्रप्रसाद न्यौपानेको अगुवाइमा संस्था क्रियाशील रहेको छ ।
'हाम्रो उत्कृष्टताको प्रमाण हाम्रा उत्पादनहरू हुन् । यहाँबाट दीक्षित हजारौँ अल्मुनाईहरू आज देश–विदेशका प्रतिष्ठित ओहदामा आसीन छन्' एकेडेमीको भनाइ छ, 'हजारौँ डाक्टर र इन्जिनियर उत्पादन गर्न सफल यस संस्थाका विद्यार्थीहरूले राष्ट्रिय स्तरका कठिन प्रतिस्पर्धाहरूमा आफूलाई अब्बल सावित गर्दै आएका छन् ।'
एकेडेमीमा फरक विशेषता बोकेका विद्यार्थीहरू पनि अध्ययनरत छन् । केही अघि यहीँ अध्ययन गरेका प्रसेस पाण्डेले ‘भ्वाइस अफ नेपाल सिजन टु’ मा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्दै नेपाल प्रथम स्थान हासिल गरेका थिए भने प्रसिद्ध लोकदोहोरी गायिका कमला घिमिरे यसै तक्षशिला एकेडेमीमा अध्ययनरत छिन् । खेलकुद जगतमा चर्चित फुटबलर रोहित चन्द तथा विमल घर्ती मगर पनि तक्षशिला एकेडेमीका उत्पादन हुन् ।
तक्षशिलाले केवल किताबी ज्ञानमा मात्र जोड नदिई विद्यार्थीको सर्वाङ्गीण विकासमा विश्वास राख्दै आएको जनाएको छ । जहाँ अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्लबहरू, खेलकुद, आइटी, सामाजिक र व्यावहारिक शिक्षाका विभिन्न क्लबहरू पनि सक्रिय छन् ।
आफ्नो मुख्य ध्येय आधुनिक शिक्षा प्रणालीलाई अँगाल्दै गर्दा प्राचीन गौरवमय विद्या–परम्परालाई पुनर्जागरण गराउनु रहेको एकेडेमीको भनाइ छ ।
काठमाडौँको सामाखुशी नजिकै टोखा रोडमा अवस्थित यस एकेडेमीमा विद्यालय तहमा कक्षा १ देखि १० सम्म र उच्च माध्यमिक तहमा प्लस टु (विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान आदि) पढाइ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण