बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुम्बईमाथि दिल्लीको सानदार जित, समीर रिजवी चम्किए

शनिबार, २१ चैत २०८२, १९ : ४८
शनिबार, २१ चैत २०८२

सारांश

  • दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै आईपीएलमा लगातार दोस्रो जित दर्ता गरेको छ।
  • दिल्लीको जितमा समीर रिजवीले ९० रनको विष्फोटक अर्धशतकीय इनिङ्स खेलेका छन्।
  • मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे पनि टोली १६२ रनमा समेटिएको छ।

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौँ खेलमा दिल्ली क्यापिटल्सले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। 

शनिबार अरुण जेटली स्टेडियममा भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको दिल्लीले मुम्बईलाई १६२ रनमा रोकेको थियो। १६३ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा मात्र ४ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

दिल्लीको जितमा इम्प्याक्ट प्लेयर समीर रिजवी नायक बने। उनले ५१ बलमा विष्फोटक ९० रन प्रहार गर्दै सिजनको लगातार दोस्रो अर्धशतक पूरा गरे। रिजवीबाहेक पाथुम निसाङ्काले ४४ र डेभिड मिलरले अविजित २१ रनको योगदान दिए। मुम्बईका लागि दीपक चाहर, कोर्बिन बस र मिचेल सान्टनरले १–१ विकेट लिए भने नितिश राणालाई जसप्रित बुमराहले रनआउट गरे।

यसअघि ब्याटिङ गरेको मुम्बईका लागि कार्यवाहक कप्तान सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। रोहित शर्माले ३५, नमन धिरले २८ र मिचेल सान्टनरले अविजित १८ रन बनाए पनि टोलीले ठुलो योगफल खडा गर्न सकेन। दिल्लीका मुकेश कुमारले २ विकेट लिए भने अक्षर पटेल, लुङ्गी एनगिडी, विपराज निगम र टी नटराजनले १–१ विकेट झारे।

मुम्बईका नियमित कप्तान हार्दिक पाण्ड्या चोटका कारण आजको खेलमा सहभागी थिएनन्। टसका क्रममा सूर्यकुमार यादवले हार्दिक पूर्ण रूपमा फिट नभएकाले आफूले टोलीको कमान सम्हालेको जानकारी दिएका थिए।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप