नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि
शनिबार, २१ चैत २०८२, २० : ०३
काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याइँदैछ ।
केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ । शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु-याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण सुरु गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।
शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार भक्तपुरस्थित केन्द्रको कार्यालय र प्रेस अवलोकनका गरेका थिए । त्यस क्रममा केन्द्रको उत्पादन र प्रगतिबारे जानकारी गराउँदै नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण