बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

आइतबार, २२ चैत २०८२, ०० : ०२
आइतबार, २२ चैत २०८२

सारांश

  • जीतपुर-सिमराको वडा कार्यालयमा जेनजी समूहद्वारा तोडफोड भएपछि सेवा बन्द गरिएको छ।
  • फेवाताल किनारका मापदण्ड विपरीतका अस्थायी संरचनाहरू सरकारी निर्देशनमा भत्काइएका छन्।
  • लमजुङमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा हामी १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. जेनजीको नाममा त्रास

जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २० को वडा कार्यालय एक सातादेखि बन्द छ । आइतबार दिउँसो जेनजी समूहका केही युवाहरूले अचानक वडा कार्यालयमा प्रवेश गरी टेबल–कुर्सी तोडफोड गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीमाथि दुव्र्यवहार गरेपछि शान्ति सुरक्षाको कारण देखाउँदै वडाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको हो । 

२. भत्काइयो फेवाताल किनारका अस्थायी संरचना

पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो । 

३. प्रधानमन्त्रीलाई वामदेवको खुलापत्र

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई एक खुलापत्र लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा ध्यानाकर्षण गराएका छन्।

४.  रवि र ज्ञानेन्द्रबिच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार भेटघाट भएको छ। लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो संवाद भएको हो। 

५.लमजुङमा जिप दुर्घटना : २ जनाको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परेको हो । 

६. कांग्रेसको १५औँ महाधिवेशनको तयारी

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारी औपचारिक रूपमा थालेको छ। पार्टीले पूर्वप्रकाशित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि वडा तहसम्मै पुग्ने गरी सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरेको हो । 

७. दुर्गा प्रसाईले गरे सरकारको प्रशंसा

मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमान सरकारले चालेका भ्रष्टाचार, तस्करी र बिचौलिया विरुद्धका कदमहरूको प्रशंसा गर्दै आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको’ अनुभूति भएको बताएका छन् ।

८. दुबईमा घाइते ७ नेपाली खतरामुक्त

दुबईमा इरानको ड्रोन आक्रमणमा परेर घाइते भएका ७ जना नेपाली खतरामुक्त रहेको जनाइएको छ । उनीहरू खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

९. संसदीय इतिहासमा १० सभामुख

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध भए ।

शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा भएको मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । भर्खर सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी काठमाडौँ–९ बाट निर्वाचित भएका थिए ।

१०. सुदूरपश्चिम प्रदेशमा प्रहरीहरूको सामूहिक सरुवा

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आवश्यकता अनुसार प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दारहरूको सरुवा प्रक्रिया अगाडि बढाएको छ। कर्मचारी प्रशासन शाखाले एक सूचना जारी गर्दै विभिन्न दरबन्दीमा कार्यरत उनीहरूलाई नयाँ कार्यक्षेत्रमा खटाएको हो। 

११. शनिबार विशेष 

१२. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप