मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो: अर्जुन नरसिंह केसी
सारांश
- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफू र गगन थापाबीचको ससुरा-ज्वाइँको सम्बन्धलाई जोडेर पार्टीभित्र षड्यन्त्र भएको आरोप लगाएका छन्।
- केसीले आफ्नो लामो राजनीतिक योगदानलाई नजरअन्दाज गरी सभापति थापामाथि प्रहार गर्न आफूलाई प्रयोग गरिएको दाबी गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएका छन् । आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनी हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने उनले बताए ।
वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ । उनले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरूले सभापति थापाको ससुराको रूपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरूलाई जवाफ दिइरहनुनपर्ने बताए ।
उनले पशुपति दर्शन छिद्रको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टीकाटिप्पणीहरू बनिबनाउ षड्यन्त्र भएको बताए । नेपाली कांग्रेसभित्रैबाट आफ्नो पहिचान गगन थापाको ससुराको रूपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाए ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोरालासहितको प्रसङ्ग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरूले आफ्नै योगदानका आधारमा भूमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताए ।
पार्टी निर्माण र व्यवस्था पुनः स्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरूले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ । आफू रूपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत उनको छ । उनले कांग्रेस बद्लिएको हेर्न नचाहनेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण