आइतबार प्रतिनिधि सभाको कार्यसूची सभामुख निर्वाचनमात्रै
आइतबार, २२ चैत २०८२, ११ : ०५
सारांश
- प्रतिनिधि सभाको आइतबारको कार्यसूचीमा सभामुखको निर्वाचन मात्र समावेश गरिएको छ ।
- रवि लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
- उक्त प्रस्तावलाई विभिन्न मन्त्रीहरूले समर्थन गर्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको कार्यसूची सभामुख निर्वाचनमात्रै छ । संघीय संसद् सचिवालयले निकालेको कार्यसूचीमा सभामुख पदको निर्वाचनमात्रै उल्लेख रहेको हो ।
कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले सदस्य डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रसाव पेस गर्नेछन् ।
त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नेछन् ।
त्यो बाहेक अर्को कार्यसूची छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण