महान्यायाधिवक्ता कडेलले लिए शपथ
आइतबार, २२ चैत २०८२, १८ : १६
सारांश
- महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
- उनले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल समक्ष शपथ ग्रहण गरेका हुन्।
- राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार उनले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल समक्ष शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो ।
महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण