काठमाडौँमा गुण्डागर्दी र अश्लीलता फैलाउने ७६ जना पक्राउ
सारांश
- काठमाडौँका विभिन्न स्थानमा गुण्डागर्दी र अश्लीलता फैलाउने ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- पक्राउ परेकाहरूमा विमानस्थलका बिचौलियादेखि सार्वजनिक स्थलमा अनैतिक कार्यमा संलग्न व्यक्तिहरू रहेका छन्।
- प्रहरीले पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार, जुवा र लुटपाटको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ । राजधानीका विभिन्न स्थानमा गैरकानुनी र उच्छृङ्खल क्रियाकलापमा संलग्न ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक सुरक्षामा खलल पुर्याउने, गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीले गएको बिहीबार र शुक्रबार विशेष अपरेसन चलाएर काठमाडौँका विभिन्न क्षेत्रबाट यी व्यक्तिहरूलाई समातेको हो। पक्राउ पर्नेहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा यात्रुहरूलाई जबर्जस्ती होटल तथा सवारी साधन प्रयोग गर्न दबाब दिने बिचौलियादेखि सार्वजनिक स्थलमा विदेशी र सर्वसाधारणलाई अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्नेहरूसम्म रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै ७० जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ भने ३ जना जुवा र ३ जना लुटपाट तथा चोरीको मुद्दामा अनुसन्धानको घेरामा छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण