लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, प्रदेश वन ऐन संशोधन विधेयक पेस गर्ने तयारी
सोमबार, २३ चैत २०८२, ०७ : २४
सारांश
- लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत आज दिउँसो १ बजे छैटौँ बैठक बस्दै छ।
- वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले प्रदेश वन ऐन संशोधन विधेयक सभामा पेस गर्ने कार्यसूची रहेको छ।
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत छैटौँ बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रदेश सभा सचिवालयले बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गर्दै तयारी पुरा भएको जानकारी दिएको हो।
आजको बैठकको मुख्य आकर्षणका रूपमा 'प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक' रहनेछ। सो विधेयक वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताए।
विधेयक पेस गर्नुअघि बैठकको सुरुवाती समयमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण