स्कुल बस र सुमोका चालक नै मादक पदार्थको नशामा, सर्प्राइज चेकिङमा १२ जना फन्दामा
सारांश
- काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको सप्राइज चेकिङका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १२ जना चालक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा विद्यालयको बस र सार्वजनिक सवारी साधनका चालकहरूसमेत रहेका छन्।
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहान गरिएको ट्राफिक प्रहरीको ‘सर्प्राइज चेकिङ’ का क्रममा १२ जना चालकहरू मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा पक्राउ परेका छन्। यात्रु र विद्यार्थी बोक्ने जस्तो संवेदनशील जिम्मेवारी भएका चालकहरू नै नशामा लठ्ठिएर सवारी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कडा कारबाही प्रक्रिया अघि बढाएको हफ।
बिहानै गरिएको चेकिङका क्रममा कारबाहीमा पर्नेहरूमा सबैभन्दा भयावह अवस्था सार्वजनिक र शैक्षिक संस्थाका सवारी चालकको देखिएको छ। पक्राउ पर्नेमा दुईवटा यात्रुवाहक बस, एउटा विद्यालयको बस, दुईवटा मिनि ट्रक, एउटा सुमो, एउटा माइक्रो र एउटा टेम्पोका चालक रहेका छन्।
त्यस्तै, एउटा पर्यटक भ्यान र तीनवटा निजी कारका चालकले पनि मापसे गरेर सवारी चलाएको फेला परेको ट्राफिक प्रहरीले जनाएको छ। बिहानको समयमा विद्यालय जाने बालबालिका र कार्यक्षेत्रमा निस्कने यात्रुहरूको सुरक्षालाई बेवास्ता गर्दै चालकहरूले यस्तो लापरबाही गरेको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण