सर्वदलीय बैठकमा एमाले : विधिको शासनको लागि सरकारलाई खबरदारी गर्छौँ
सोमबार, २३ चैत २०८२, १३ : २८
सारांश
- नेकपा एमालेले संसद्मा विधिको शासन र संविधान प्रदत्त अधिकारको सुनिश्चितताका लागि सरकारलाई खबरदारी गर्ने निर्णय गरेको छ।
- संसद्लाई प्रभावकारी बनाउन र नागरिकका मौलिक तथा राजनीतिक अधिकारका सवालमा आवाज उठाउने एमालेको तयारी रहेको छ।
काठमाडौँ । नेकपा एमालेले संसदमा विधिको शासन र संविधान प्रदत्त अधिकार सुनिश्चितताका लागि सरकारलाई खबरदारी गर्ने भएको छ ।
सङ्घीय संसद् सचिवालयले सोमबार राखेको सर्वदलीय बैठकमा एमालेले यस्तो अडान राखेको हो । सर्वदलीय बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरूसँग भने, ‘हामी चाहन्छौँ–संसद् प्रभावकारी ढङ्गले चलोस् । विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौँ’, उनले भने, ‘सरकार सत्तापक्षको हुनेछ, संसद् प्रतिपक्षको हुनेछ ।’
उनले संविधानको प्रयोग र कार्यान्वयनमा देखिएका चुनौतीका सवालमा संसदमा उठाउने तयारी गरेको समेत जानकारी दिए । ‘संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकारका सवालमा आवाज बुलन्द गर्नेछौ’, उनले भने, ‘समानताको हकसँग सम्बन्धित अधिकारहरू सही रूपले प्रयोग गर्न सकौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण