आगोको झिल्को, जतिसुकै सानो भए पनि झिल्को हो : अर्जुननरसिंह केसी
सोमबार, २३ चैत २०८२, १३ : ५४
सारांश
- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सत्तापक्षको सङ्ख्या धेरै भए पनि सदन विपक्षको हुनुपर्ने बताएका छन्।
- उनले विपक्षलाई आगोको झिल्कोको संज्ञा दिँदै सदनमा सन्तुलन कायम राख्न सभामुखलाई आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सत्तापक्षको सङ्ख्या जति नै धेरै भए पनि सदन विपक्षको हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद केसीले यसअघिका विभिन्न उदाहरण दिँदै सदनलाई सत्तापक्षको होइन विपक्षीको बनाएर सन्तुलन कायम राख्न सभामुखलाई आग्रह गरे ।
उनले विपक्षलाई आगोको झिल्कोको संज्ञा दिँदै आगोको झिल्को सानो भए पनि झिल्को नै भएको बताए । ‘आगाको झिल्को जतिसुकै सानो भए पनि त्यो आगाकै झिल्को हुन्छ,’ केसीले भने, ‘सदनमा सत्तापक्ष जतिसुकै ठुलो भए पनि सदन विपक्षको हो ।’
उनले सदन कसैको बन्दी हुन नहुने बताउँदै सदनलाई स्वतन्त्र भएर काम गर्ने वातावरण निर्माण गर्न सभामुखलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण