यूएईमाथि भएका आक्रमणको परराष्ट्रमन्त्रीद्वारा निन्दा
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महामहिम शेख अब्दुल्ला बिन जायद अल नाहयानसँग टेलिफोन वार्ता गरेका छन् ।
आइतबार साँझ भएको वार्ताका क्रममा यूएईका परराष्ट्रमन्त्री अब्दुल्लाले खनाललाई मन्त्री खनाललाई बधाई दिएका थिए ।
दुई मन्त्रीबिच पश्चिम एसियाको वर्तमान अवस्थाबारे विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्री खनालले यूएईसँग नेपालको ऐक्यबद्धता व्यक्त गर्दै त्यसको सार्वभौम क्षेत्रमाथि भएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरेका मन्त्रालयले जनाएको छ ।
यूएईका सर्वसाधारण र ऊर्जा केन्द्र, बन्दरगाह तथा विमानस्थलजस्ता महत्त्वपूर्ण पूर्वाधारहरूमाथि लक्षित आक्रमणहरूप्रति परराष्ट्रमन्त्री खनालले निन्दा गरेका मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । खनालले त्यहाँ कार्यरत एक नेपाली युवाको मृत्यु र अन्य २४ जना नेपाली नागरिक घाइते भएको घटनाबारे पनि अब्दुल्लासँग कुरा राखेका जनाइएको छ ।
खनालले युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने र कूटनीति तथा संवादबाट मात्र दिगो शान्ति प्राप्त गर्न सकिनेमा जोड दिएका थिए । शेख अब्दुल्लाले यो कठिन समयमा नेपाल सरकार र नेपालका परराष्ट्रमन्त्रीले देखाएको ऐक्यबद्धताका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण