बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग
मङ्गलबार, २४ चैत २०८२, १३ : २९
२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण गर्न बजेट विनियोजन गर्न माग गरेका छन् ।
- नुवाकोट लगायतका जिल्लामा बाँदरले बालीनाली नष्ट गर्दा मानव र जंगली जनावरबिच द्वन्द्व बढेको उनले बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण आवश्यक रहेको र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद लामिछानेले नुवाकोट लगायतका जिल्लामा बाँदरले बालीनाली ध्वस्त पारेको भन्दै नियन्त्रणका लागि अत्यावश्यक देखिएको बताए ।
बाँदर नियन्त्रणका लागि बन्ध्याकरण अत्यावश्यक रहेको भन्दै उनले बजेट विनियोजन गर्न माग गरेका हुन् । उनले मानव र जंगली जनावरबिच द्वन्द्व निम्तिएको भन्दै त्यसलाई रोक्न पनि बजेट विनियोजन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण