जनताको चुल्हो बल्नै गाह्रो भो, सरकारले सङ्कट बुझेन : सांसद दुलाल
सारांश
- सांसद युवराज दुलालले वर्तमान सरकारले जनताको दैनिक जीवन सहज बनाउन कुनै पनि ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गरेका छन्।
- बढ्दो महँगी र इन्धनको मूल्यवृद्धिका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको भन्दै उनले सरकारलाई तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन्।
- कृषिको मुख्य सिजनमा मलको अभाव हुन नदिन बेलैमा आवश्यक कदम चाल्न सांसद दुलालले सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले वर्तमान सरकारले जनताको दैनिक जीवनलाई सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गरेका छन्। सिंहदरबारस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले सुरुवातमा नै जनपक्षीय कामको कुनै राम्रो छनक दिन नसकेको दाबी गरेका हुन्।
जनताको भान्सा नै प्रभावित हुने गरी महँगी बढेको बेला सरकार सङ्कट व्यवस्थापनमा लाग्नुको सट्टा मूकदर्शक बनेको उनको आरोप छ। दुलालका अनुसार सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्ने भए पनि व्यवहारमा त्यस्तो देखिएको छैन।
बढ्दो महँगी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा गम्भीर असर पारेको उनले उल्लेख गरे। इन्धनको मूल्यवृद्धिकै कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको र यसले सर्वसाधारणको दैनिकीलाई झन् कष्टकर बनाएको उनको ठहर छ।
सरकारले जनताको समस्या समाधानमा ढिलाइ गरेको भन्दै उनले चरम महँगी र आर्थिक सङ्कटका बेला कसरी अगाडि बढ्ने भन्ने स्पष्ट योजना सरकारसँग नभएको बताए। बजारमा वस्तुको भाउ आकासिएकाले सामान्य नागरिकलाई जीवनयापन गर्नै धौ-धौ परिरहेको अवस्थामा सरकारले तत्काल राहतका प्याकेज ल्याउनुपर्नेमा उनले जोड दिए।
यस्तै, सांसद दुलालले कृषिको मुख्य सिजन नजिकिँदै गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै मलको अभाव हुन नदिन बेलैमा कदम चाल्न सुझाव दिएका छन्। हरेक वर्ष खेतीको समयमा किसानले भोग्नुपर्ने मलको सास्तीलाई यसपटक दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ।
सरकारले जनताका आधारभूत आवश्यकता र समसामयिक सङ्कटलाई बेवास्ता गरे अवस्था अझै भयावह हुने उनले चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण