नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट हुन र जनतालाई राजनीतिक रूपमा शिक्षित गराउन निर्देशन दिएका छन् ।
पार्टीको तेस्रो केन्द्रीय समिति बैठकको समापन गर्दै उहाँले केन्द्रीय सदस्यहरूलाई आम कार्यकर्तामाझ पुगेर कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट पार्नुपर्नेमा जोड दिएका हुन् । उनले पार्टीका जनवर्गीय तथा पेसागत सङ्गठनहरूलाई थप सक्रिय बनाउन, मजदुर आन्दोलनमा देखापरेका पुँजीवादी विचारको वैचारिक रूपमै खण्डन गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।
साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित रहेको विषयमा नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्नेमा जोड दिँदै बिजुक्छेँले पार्टी गतिविधि र जनताको समस्या बुझ्न नियमित अन्तरक्रिया गर्न आग्रह गरे।
बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दै पार्टीले जिल्ला, पालिका र वडा समितिहरूमार्फत स्थानीयस्तरको टोलटोलमा पुगेर सभा गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले जानकारी दिए।
बैठकमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गरेको पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरेको गोसाईंले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण