युरोपमा महिला सशक्तिकरणको बहस
सारांश
- गैरआवासीय नेपाली संघ युरोप क्षेत्रले 'नेतृत्व तपाईंको - सफलता हाम्रो' नाराका साथ महिला सशक्तिकरण विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ।
- कार्यक्रममा महिला नेतृत्व, अधिकार र डायस्पोरामा नेपाली महिलाले भोग्ने विविध चुनौतीका विषयमा गहन छलफल भएको छ।
- एनआरएनए अध्यक्षले संगठनका सबै संरचनामा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रको महिला फोरमद्वारा “नेतृत्व तपाईंको – सफलता हाम्रो” भन्ने मूल नाराका साथ आयोजित विशेष भर्चुअल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महिला नेतृत्व, अधिकार र सशक्तिकरणका विविध आयाममाथि गहन छलफल गरिएको थियो।
युरोप क्षेत्रीय महिला संयोजक बाबा राजेश्वरी थापाले सहजीकरण गरेको उक्त कार्यक्रममा विश्वका विभिन्न स्थानमा महिलामाथि भइरहेका हिंसा, अन्याय र असुरक्षाका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरियो। थापाले यो कार्यक्रम केवल औपचारिकतामा सीमित नभई महिलाका मुद्दामा चेतना जगाउने र परिवर्तन ल्याउने एउटा साझा मञ्च भएको बताइन्।
युरोप संयोजक रोबर्ट लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला फोरमकी उप-संयोजक राधा सिग्देलले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। त्यस्तै, डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर, एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा, महिला उपाध्यक्ष राधिका गुरुङ, उपाध्यक्ष रामशरण सिम्खडा लगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
सो अवसरमा युरोप क्षेत्रमा सक्रिय रहँदै आएका अग्रज महिला अभियन्ताहरूलाई सम्मान गरिएको थियो। उनीहरूलाई गैरआवासीय नेपाली समाजमा नेतृत्व, संघर्ष र योगदानको प्रतीकका रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ।
प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेलले डायस्पोरामा रहेका नेपाली महिलाका समस्या समाधानका लागि एनआरएनएले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “एनआरएनएले महिला सशक्तिकरणको क्षेत्रमा अझ प्रभावकारी र ठोस काम गर्न सक्ने ठूलो सम्भावना छ। विदेशमा रहेका महिलाहरूले भोग्ने समस्या सम्बोधन गर्न समन्वय, नीतिगत स्पष्टता र सक्रिय संस्थागत पहल आवश्यक छ।”
त्यस्तै, डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले भौगोलिक रूपमा टाढा भए पनि नेपाल, युरोप र डायस्पोरामा रहेका महिलाले भोग्ने चुनौती र समस्याको स्वरूप समान रहेको धारणा राखिन्। उनले डायस्पोराका महिलाले विशेष गरी एक्लोपन, असुरक्षा र सामाजिक दबाब जस्ता समस्या झेल्नुपरेको उल्लेख गरिन्।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले संगठनको आगामी कार्ययोजनामा महिला सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए। उनले एनआरएनएका सबै संरचनामा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष रामशरण सिम्खडा लगायतका वक्ताहरूले महिला अधिकार, सामाजिक न्याय र नेतृत्व विकासका लागि व्यक्तिगत स्तरबाटै परिवर्तनको सुरुवात हुनुपर्नेमा जोड दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण