विधि प्रालिको १२औँ वार्षिकोत्सव : अब सफ्टवेयरमा एआई जोड्ने लक्ष्य
सारांश
- विधि प्रालिले आफ्नो स्थापनाको १२ वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ।
- कम्पनीले आफ्ना सफ्टवेयरहरूमा एआई फिचर थप गरी सेवालाई थप स्मार्ट र स्वचालित बनाउने योजना बनाएको छ।
काठमाडौँ । नेपालको अग्रणी सफ्टवेयर कम्पनी विधि प्रालिले आफ्नो स्थापनाको १२ वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ।
सन् २०१४ मा स्थापना भएको यस कम्पनीले एक दशकभन्दा बढी समयदेखि नेपालको प्रविधि क्षेत्रमा विभिन्न कर्पोरेट हाउसहरूलाई आवश्यकता अनुसारका सफ्टवेयर समाधानहरू प्रदान गर्दै आएको छ। हाल विधिका उत्पादनहरू नेपालका व्यावसायिक घराना, निर्माण क्षेत्र र जलविद्युत आयोजनाहरूमा निकै लोकप्रिय मानिन्छन्।
कम्पनीको एचआर तथा पेरोल सफ्टवेयर हाल देशभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन् भने निर्माण र जलविद्युत क्षेत्रका १०० भन्दा बढी ठूला कम्पनीहरूले विधकै ईआरपी सिस्टम अपनाएका छन्। विशेषगरी शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्स जस्ता प्रतिष्ठित निर्माण कम्पनीका साथै माथिल्लो त्रिशूली, भूगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावर जस्ता ठूला आयोजनाहरूले विधिका प्रविधिमाथि विश्वास राखेका छन्।
यस अवसरमा कम्पनीका सिइओ सुवास सापकोटाले १२ वर्षे यात्रामा साथ दिने टोली, ग्राहक र साझेदारहरूलाई धन्यवाद दिँदै अबको भविष्य आर्टिफिसियल इन्टेलिजेन्सतर्फ मोडिने बताएका छन्। आगामी दिनमा कम्पनीले आफ्ना सफ्टवेयरहरूमा एआई फिचर थप गरी पेरोल प्रोसेसिङ, हाजिरी व्यवस्थापन र कार्यस्थलको तथ्याङ्क विश्लेषणलाई थप स्मार्ट र स्वचालित बनाउने योजना बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण