राजदूतहरूसँग प्रधानमन्त्री बालेन्द्र साहको सामूहिक छलफल
सारांश
- प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन्।
- छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा जानकारी गराइएको छ।
- प्रधानमन्त्री साहले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलो पटक विदेशी कूटनीतिज्ञहरूसँग यस्तो भेटघाट भएको हो । बुधबार मध्याह्न सिंहदरबारमा आयोजित छलफलमा परराष्ट्रमन्त्री शिशिर खनालको पनि उपस्थिति थियो।
परराष्ट्र मन्त्रालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका मुख्य प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यो सामूहिक भेटघाट आयोजना गरिएको हो। छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्यदिशा, आगामी योजना र प्राथमिकताका विषयमा विशेष चासो राखेका थिए ।
जवाफमा प्रधानमन्त्री साहले आफ्नो सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। उनले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित रूपमा अगाडि बढाउने र विकासका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण